सिद्धार्थनगर १५ कात्तिक ।रुपन्देहीको निर्वाचन क्षेत्र १ यतिबेला सबैको चासोको केन्द्र बनेको छ । भर्खरै मात्र एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल र एमाले सचिव छविलाल विश्वकर्मा यतिबेला एकअर्काका प्रतिस्पर्धी बनेर मैदानमा हुनुहुन्छ ।केही समयअघिसम्म एउटै पार्टीमा सहयात्री रहेका विश्वकर्मा र भुसाल अहिले एकअर्काका सामान्य प्रतिस्पर्धी मात्रै नभएर आलोचक बनेर मत मागिरहनुभएको छ…