काठमाडौं, १४ कार्तिक ।निर्वाचन आयोगले १७ कात्तिकदेखि १ मंसिरसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । सोमबार आयोगका प्रवक्ता शालिग्राम पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको कार्यान्वयन र निर्वाचन प्रसारप्रसारका सम्बन्धमा पुनः स्मरण गराएका हुन् । आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएरनभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको…