दाङ,१९ माघ । घोराही–तुल्सीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१६ सानी अम्बापुरको मुक्त कमैया बस्तीमा ५३ बढी परिवार बसोवास छ । मुख्य सडक छेउमा पर्ने २५ विघाको उक्त जग्गाको हालको मूल्य करोड भन्दा बढी पर्छ ।२०६१ सालदेखि मुक्त कमैयाहरुले बस्ती बसाएर उपभोग गर्दै आएको यो जग्गा जिल्ला प्रशासन कार्यालय दाङको हो । १८ वर्षयता मुक्त कमैयाहरु बसोबास…