काठमाण्डौ १५ मंसिर : काठमाण्डौमा आज यसवर्षकै चिसो छ । काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो ।देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको…