काठमाडौं १४ माघ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय माघ मसान्तसम्मै बन्द राख्ने निर्णय गरेका छन्। आज बसेको उपत्यकका तीनै सीडीओको संयुक्त बैठकले विद्यालयसँगै रात्रिकालीन व्यवसाय र फिल्म हल लगायतका भीडभाड हुने क्षेत्रलाई नै राख्ने निर्णय गरेका हुन्।