सुनसरी, ०८ वैशाख । सरकारमा सहभागी पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनका लागि धरानमा भागबण्डा मिलाएर गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस कार्यकर्ताहरुले अवरोध गरेका छन् । वडा कार्य समितिलाई बेवास्ता गरेको भन्दै आज बिहिबार कांग्रेस कार्यकर्ताहरुले पत्रकार सम्मेलनमा नै अवरोध गरेका हुन्। कांग्रेस कार्यकर्ताहरु राजकुमार थोप्रा, अजय राई, नारद राई, विद्या शाक्यलगायतका कार्यकर्ताहरुले धरान किचनमा…