कपिलवस्तु, २१ बैशाख कपिलवस्तुको बाणगंगा नगरपालिका–बैरिया निवासी नरदेव मल्लले आफ्नो जीविकोपार्जनको शैली परिवर्तन गरेका छन्। उनी अहिले स्कूले विद्यार्थीलाई आवश्यक पर्ने झोला ९ब्याग० गाउँ–गाउँमा पुर्याउँदै आएका छन्। मल्लले तीन चक्के रेक्सा प्रयोग गरी टोल–टोलमा पुगेर नयाँ तरिकाले ब्याग बिक्री गर्ने गरेका छन्। अझ विशेष कुरा के भने, उनले आफ्नो रेक्सालाई फरक शैलीमा परिमार्जन गर्नुका साथै…