काठमाण्डौ, २० मंसिर । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । सोमवार एक अदालतले ७६ वर्षीया सुकीलाई सेनाविरुद्ध नागरिकलाई भड्काएको, कोभिड–१९ रोकथामका मापदण्ड उल्लङ्घन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो । उहाँमाथि भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायतका आरोप लागेको छ…