अर्घाखाँची १९ मंसिर । बिजुलीको लाइन तान्ने क्रममा झिमरुक नदीले बगाएर सन्धिखर्क–७ का २४ वर्षीय सन्दीप नेपालीको गत शुक्रबार निधन भयो । प्यूठानसँग जोडिएको जलुके लामातालमा विद्युतको तार तान्ने क्रममा मृत्यु भएका उनको शव बिहीबार मात्रै परिवारले बुझे । उनी मुख्य मिस्त्री थिए । थ्रीफेस तार तान्ने क्रममा उनलाई नदीले बगाएको थियो । निर्माण व्यवसायीले मजदुरको मृत्यु विमाङ्कन बापतको…