काठमाडौँ, ८ कात्तिक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा त्रिपाल टाँगेर अस्थायी रुपमा पार्टी कार्यालय सञ्चालन गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले आजदेखि च्यासलस्थित कार्यालयमा त्रिपाल टाँगेर कार्यालय सञ्चालन गरिएको जानकारी दिनुभयो । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले कार्यालय आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको छ…