काठमाण्डौ, १२ मंसिर । खाद्यान्न माग्दै जनप्रतिनिधिहरू काठमाण्डौ आएपछि हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न पुर्याउन नेपाली सेनाको हेलिकप्टर हुम्ला सदरमुकाम सिमकोट पुगेको छ । आज आइतवार दिउँसो सिमकोट पुगेको हेलिकप्टरमा ११ क्विन्टल चामल लोड गरिएको र भोलि सोमवार बिहानै लिमीमा जाने नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिनुभयो…