बुटवल, ६ चैत । यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको छ ।कोषको कार्यसमितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन कर्मचारीहरुका लागि यस्तो निर्णय गरेको हो । कोषमा हरेक शाखाको काममा बाधा नपर्ने गरी आलोपालो संस्थामा काम गर्नेगरी निर्णय गरिएको कोषका महासचिव योग गुरुङले जानकारी दिए…