भक्तपुर, २३ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न सञ्चारकर्मीहरूसँग अनुरोध गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै सञ्चारमन्त्री खरेलले सत्यतत्थ्यभन्दा बाहिर गई गैरजिम्मेवार ढङ्गबाट आफूखुसी समाचार सम्प्रेषण हुन थालेकामा चिन्ता व्यक्त गर्नुभयो । आगामी फागुन २१ गते…