सिद्धबाबा, ०२ जेठ ।सिद्धबाबा सुरुङ मार्गको भौतिक प्रगति कार्य ११.४ प्रतिशत सकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल– तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै सुरु बिन्दुमा दक्षिण तर्फ ४८.३ मिटर र उत्तर तर्फ अन्तिम बिन्दु ड्याम साईड तिरबाट ३५.८ गरी कुल ८४.१ मिटर सुरुङ बैसाख ३० गते सम्म खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख राम पुकार जयसवालले…