दार्चुला, ९ कात्तिक यहाँ पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा स्मृति शाहीले सेवा थाल्नुभएको हो । गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर हुनुभएको हो । विसं २०४२ मा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको…