रुपन्देही १ असोजलुम्बिनी प्रदेश सरकारले आम जनता तथा सर्वसाधारणको सुविधालाई लक्षित गरी निर्माण गरिरहेको रिफ्रेस सेन्टरमध्ये रुपन्देहीको सालझण्डी–पिपलडाँडास्थित रिफ्रेस सेन्टरको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ।लुम्बिनी प्रदेश सरकारका शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सन्तोषकुमार पाण्डेयले खानेपानी तथा सरसफाइ कार्यालय रुपन्देहीका कार्यालय प्रमुख तथा प्राविधिक टोलीसहित बुधबार निर्माणाधीन रिफ्रेस सेन्टरको निरीक्षण गर्नुभएको हो । अनुगमनका…