काठमाण्डौं, २२ मंसिर । पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले विवाहमा हुने खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंसिर १८ गते नुवाकोटका नारायण नेपाल र नवलपरासीकी लक्ष्मी पौडेलले विनातामझाम परिवारको रोहवरमा विवाह गरे । लक्ष्मीले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको पर्वतको विहादीस्थित जनता आधारभूत विद्यालय र नेपालले नुवाकोट बेलकोटगढीस्थित…