देश

विवाह खर्च कटाएर विद्यालयमा अक्षय कोष



काठमाण्डौं, २२ मंसिर ।

पत्रकार लक्ष्मी पौडेल र लेखक नारायण नेपालले विवाहमा हुने खर्च कटाएर विद्यालयमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । मंसिर १८ गते नुवाकोटका नारायण नेपाल र नवलपरासीकी लक्ष्मी पौडेलले विनातामझाम परिवारको रोहवरमा विवाह गरे ।

लक्ष्मीले आफूले प्राथमिक शिक्षा अध्ययन गरेको पर्वतको विहादीस्थित जनता आधारभूत विद्यालय र नेपालले नुवाकोट बेलकोटगढीस्थित आफ्नो स्वर्गीय बुबा ढुण्डीराज नेपालको पहलमा स्थापना भएको मालिका माध्यमिक विद्यालयमा ५०–५० हजारबराबरको अक्षय कोष स्थापना गर्ने घोषणा गरे ।

पछिल्लो समय भड्किलो बन्दै गएको विवाहलाई सुधार्नुपर्ने बताउँदै दुवैजनाले सरल तरिकाले विवाह सम्पन्न गरे । न महँगा कपडा न झकिझकाउ गरगहना । मात्र माला र टीका लगाएर दुई परिवार एक भएको घोषणा गरे ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६