प्रदेश

शितगंगा ४ भेडामारामा गाँजा सहित ३ जना पक्राउ




शितगंगा, २१ मंसिर ।
शितगंगा नगरपालिका ४ भेडामारेबाट अबैध लागूऔषध १ किलो ५ सय ग्राम गाँजासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कपिलवस्तु बुद्धभूमि नगरपालिका –१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन बिक र कपिलवस्तु नगरपालिका –९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभार रहेको इप्रका ठाडाका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनको साथबाट ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक समेतलाई पक्राउ नियन्त्रणमा लिएको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरक्षक घर्तीमगर जानकारी दिनु भयो । पक्राउपरेका लाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६