काठमाडौं १३ असार ।। सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताबीचको छलफलमा मुख्यरुपमा टीआरसी विधेयक टुंगोमा पुर्याउन सबै जिम्मेवार बन्नुपर्ने विषयमा छलफल भएको छ ।बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनमन्त्री पदम गिरीले जुन जुन बुँदामा सहमति भएको छैन तिनीहरुलाई निष्कर्षमा पुर्याउन अघि बढ्नेबारे नेताहरु एकमत भएको बताए । संक्रमणकालीन न्यायका विषयमा धेरै बुँदामा सहमति भइसकेको…