काठमाडाँै, ६ भदौः विश्वव्यापी जलवायु परिवर्तनशीलताको प्रमुख चालकका रूपमा रहेको ‘सुपर एल निनो’का नेपालमा सम्भावित जोखिमबाट ऊर्जा सङ्कट देखिन सक्ने जनाउँदै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘सुपर एल निनो’का कारण तापक्रम बढ्ने, खडेरीको सम्भावना रहने र यसले पानीको स्रोतमा समेत कमी ल्याउँदा ऊर्जा क्षेत्र सहित समग्र सामाजिक–आर्थिक प्रणालीमा उल्लेख्य प्रभाव पार्न सक्ने जनाइएको छ…