काठमाण्डौ, २९ असोज । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनुभएको छ । ६८ औँ प्रहरी दिवसका अवसरमा आज सोमवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले देशको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र देशको समृद्धि, कानुनी शासन र सुशासनको…