देश

नेपालमा पनि क्यान्सर जित्ने र उपचारपछि आयु लम्बिनेहरू बढ्दै



काठमाण्डौ, २१ माघ । नेपालमा पनि क्यान्सरलाई जित्ने तथा उपचारबाट आयु लम्बिने क्रम बढेको छ । केही दशक अघिसम्म पनि उपचारै नभएको रोग मानिने क्यान्सरको उपचारसेवा अहिले नेपालमै उपलब्ध छ । अत्याधुनिक प्रविधि र चिकित्सा सेवाका कारण क्यान्सर जित्ने बढेको र उपचारबाट धेरैको आयु लम्बिएको डाक्टरहरु बताउँछन् ।

क्यान्सरको उपचार र क्यान्सर जित्ने क्रम विश्वमै बढेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को तथ्याङ्क अनुसार बितेको पाँच वर्षमा विश्वका ४८ हजार आठ सय जना भन्दा धेरैले क्यान्सरलाई पूर्ण रुपमा जितेका छन् । उपचारका कारण क्यान्सरको प्रभावलाई सीमित पारेर धेरैको आयु लम्बिएको छ ।

तर, उपचार महँगो हुँदा धेरैले उपचार गराउन सकेका छैनन् । क्यान्सरको उपचार गराउँदा धेरै परिवारले भएको सम्पत्ति सकिएर पनि ऋणमा फसेका छन् । यस्तै रोगको पहिचान र निदानका लागि लामो समय लाग्दा बिरामी र आफन्तले हैरानी खेप्नु परेको छ ।

नेपालमा क्यान्सरको उपचारकै क्रममा घरवारविहीन भएका र खर्च जुटाउन हारगुहार गरिरहेका घटना धेरै देखिन्छ । क्यान्सरको उपचारका लागि नेपाल सरकारले पाँच लाख रुपैयाँसम्म सहयोग उपलब्ध गराउँछ । तर महँगो शुल्कको तुलनामा निकै कम हो ।

नसर्ने रोग भए पनि क्यान्सरको समस्या विश्वव्यापी रुपमै बढिरहेको डब्लुएचओले जनाएको छ । अघिल्लो वर्ष विश्वमा झण्डै दुई करोड जना क्यान्सरका नयाँ बिरामी भेटिएका छन् । ९७ लाख जना भन्दा धेरैको क्यान्सरका कारण ज्यान गएको छ ।

विश्वमा सबैभन्दा धेरै देखिएको स्तन क्यान्सर हो । दोस्रोमा फोक्सोको क्यान्सर रहेको छ । क्यान्सरको कारणमध्ये २२ प्रतिशत चुरोट, बिँडी रहेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ । झण्डै १० प्रतिशतमा वंशाणुगत क्यान्सर हुन्छ ।

यसैबीच आज ुस्याहारमा भएको फरकलाई बन्द गरौँ ु भन्ने नारा सहित विश्व क्यान्सर दिवस नेपालमा पनि मनाइँदै छ । हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन क्यान्सर दिवस मनाइन्छ ।

प्रकाशित : २१ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६