काठमाण्डौ, २६ असार । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई पूर्वकर्मचारी पक्राउ परेका छन् । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणराज मिश्रलाई काठमाण्डौबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । मन्त्रिपरिषदबाट भएका निर्णयको अपव्याख्या गरेर सरकारी जग्गा व्यक्तिको बनाउन नक्कली फाइल खडा गरी नासु पौडेल…