काठमाडौं, १७ असार ।नेपाललाई कृषिप्रधान देश भनिए पनि कोदोसमेत विदेशबाट आयात हुँदै आएको छ । चालु आर्थिक वर्षको १० महिनामै ६४ करोड रुपैयाँभन्दा धेरैको कोदो आयात भएको भन्सार विभागले जनाएको छ । गएको साउनदेखि जेठ महिनासम्म झण्डै दुई करोड किलो कोदो आयात गर्दा ६४ करोड ३७ लाख रुपैयाँ बाहरिएको छ । नेपालमा भारत, चीन, इन्डोनेसिया…