काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार असफल भएको बताएको छ । साथै एमालेले कोशी प्रदेशमा पहिचानवादीका नाममा राज्यसंरक्षित आतङ्क सिर्जना गरिएकोमा गम्भीर आपत्ति समेत जनाएको छ ।खस्कँदो शान्ति सुरक्षाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराउनेदेखि संसद्मा प्रधानमन्त्रीको जवाफ माग्ने काम गरेको एमालेले चित्तबुझ्दो जवाफ…