काठमाडौं, १२ वैशाख । संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री सुदन किरातीले गाईभैँसी भन्दा हवाइजहाजको गोठालो गर्न धेरै कठिन रहेको बताएका छन्। सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानमस्थलबाट उडेको दुवई एरको एफजेड ५७६ नम्बरको विमानमा आगो लागेको घटनालाई लिएर विभिन्न अफवाह फैलिएको उनले बताए। जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्न…