पोखरा, १३ बैशाख । पोखरा महानगरपालिकाले महानगरभित्रका मिर्गौला रोगीलाई नियमित उपचारका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी भएपछि आफ्नो नियमित जाँचबाट बञ्चित हुन पुगेका बिरामीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको एम्बुलेन्स व्यवस्थापन समितिका संयोजक रामराज लामिछानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले सबैको ध्यान कोरोना सङ्क्रण रोकथाममा मात्र केन्द्रित…