गण्डकी

बिहेको प्रलोभन देखाई बलात्कार गरेको आरोपमा युवक पक्राउ



गोरखा ९ ब्रशाख ।  गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ का २६ वर्षीय रामशरण सिर्मललाई बलात्कारको आरोपमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका सिर्मलले १६ वर्षीया किशोरीलाई बिहेको प्रलोभन देखाई जबर्जस्ती बलात्कार गरेको पाइएको उहाँले बताउनुभयो । वैशाख ३ गते  दिउँसो  ४ः३० बजेको समयमा आफ्नै घरमा लगेर सिर्मलले किशोरीलाई बलात्कार गरेको खुल्न आएको उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।पीडितका बाबुले दिएको उजुरीका आधारमा सिर्मललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनलाई जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६