विराटनगर २७ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए…