कोशी

आज कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिदै



विराटनगर, २४ बैशाख । कोरोना संक्रमणमुक्त भएका ६ जनालाई कोशी अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचारारत ३१ जनामध्ये ६ जना कोरोना संक्रमितको तेस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार गरिएको तेस्रो पटकको स्वाब परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आजै डिस्चार्जको तयारी भएको छ । प्रदेश १ क सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार आज विहान ८ बजे डिस्चार्ज गर्न लागिएका भारतीय नागरिकलाई विराटनगरको रानीस्थित एक मस्जिदमा बस्ने व्यवस्था मिलाइएको छ । भारतमा पनि कोरोना भाइरसको संक्रमणले लकडाउन गरिएकाले उनीहरुलाई विराटनगरस्थित रानीमा रहेको मस्जिदमा क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको घिमिरेले बताउनुभयो ।

        वैशाख ५ र ६ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको एक मस्जिद बसेका १२ जना भारतीयमध्ये ६ जनाको तेस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । मन्त्री घिमिरेका अनुसार डिस्चार्ज हुनेहरुमा ३४ वर्षीय मोहम्मद अजिरवान, ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २६ वर्षीय मोहम्मद राशिद र २१ वर्षीय मोहम्मद अहमद साहेव रहेका छन् ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६