कोशी

पहिले नेगेटिभ, पुनःपरीक्षण गर्दा पोजेटिभ



 विराटनगर २७ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । पहिले कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुमा पुनः परीक्षण गर्दा पोजेटिभ आएको हो ।शंका लागेपछि पुनः नमुना संकलन गरी परीक्षण गर्दा १८, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसअघि संकलन गरिएको थ्रोट स्वाब ढिलो परीक्षण गरेका कारण भुल्केमा पुनः नमुना संकलन गरिएको थियो । रि–स्वाब संकलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । ‘उहाँहरुको रि–स्वाब संकलन गरिएको हो,’  डाक्टर मेहताले भने, ‘उहाँहरुमा पहिले नेगेटिभ देखिएको थियो ।

                 ’यसअघि ५ बैशाखमा उदयपुरको भुल्केमा रहेको नुरी मस्जिदमा बस्दै आएका १६ मध्ये १२ जना जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ६ बैशाखमा १ जना तथा ८ र ९ बैशाखमा थप १५ जनामा कोरोना संक्रमण देखिएको थियो ।१७ दिनयता उदयपुरको भुल्केमा संक्रमण देखिएको थिएन । भुल्केको दैनिकी पनि सामान्य अवस्थामा फर्कदै थियो । तर अहिले थप तीन जनामा कोरोना पोजेटिभ देखिएपछि प्रदेश १ लाई झस्काएको छ ।भुल्केबाट मात्र २३७ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालमा पठाइएको थियो । कोशीमा आएका स्वाबमध्ये शनिबार बिहानसम्म आधा नमुनाको परीक्षण सकिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

भुल्केमा संक्रमण पुष्टि भएका १४ डिस्चार्ज

                कोरोनाको हटस्पट उदयपुरको भुल्केमा संक्रमितको संख्या ३१ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ३४ पुगेको छ । उदयपुरमा यसअघि संक्रमण पुष्टि भएका २८ मध्ये १४ जना उपचारपछि निको भएका छन् ।कोरोना मुक्त भएपछि कोशी अस्पताल कोभिड(१९ उपचार केन्द्रबाट शुक्रबार ८ जना र बुधबार ६ जना डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : २७ बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६