काठमाण्डौ, ०३ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ । आज शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो…