गुल्मी, ४ वैशाख । बढीघाट खोलामा आएको बाढीका कारण निर्माणाधीन पक्की पुल भत्किएको छ । बुधबार पानी परेपछि आएको बाढीका कारण मुसिकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणाधीन पक्की पुल दोस्रो पटक पुनः भत्किएको हो । अविरल वर्षाका कारण गत वर्ष ढलानकै क्रममा उक्त पुल भत्किएको थियो । भत्किएको उक्त पुलको आठ महिनापछि पुनःनिर्माण शुरु…