गण्डकी

निकुञ्जमा गैँडा मृत भेटियो



भरतपुर, ४ बैशाख । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी घोल भित्र गैँडा मृत भेटिएको हो । उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो १ बजेको समयमा उक्त गैँडा मृतावस्थामा भेटिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

        उहाँले भन्नुभयो, “बुढो अवस्थाको गैँडा घोलमा डुबेको रहेछ, उद्धार गर्न पुग्दा मृत्यु भइसकेको रहेछ ।” गैँडा मृत भेटिएको क्षेत्र गैँडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैँडा सुखीभार क्षेत्रमै छन् । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा हाल २४ गैँडाको मृत्यु भएको छ । (रासस)

प्रकाशित : ४ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६