वीरगञ्ज ३० साउन । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा भारतीय दूतावासका कर्मचारी स्वास्थ्यकर्मी ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ३६ जना पुरूष र १२ जना महिला रहेका छन् । संक्रमित हुनेमा २ वर्षको बालक देखि ६९ वर्षका वृद्ध पुरुष रहेका छन् । …