कपिलबस्तु ५ साउन । गत बर्षको असार २८ गते आएको बाढीले तराईमा भौतिक क्षति त गर्यो नै, सिमामा रहेको जंगेपिलर नै तहस–नहस पारिदियो । नेपाल–भारत सिमामा दुबैदेशको रक्षार्थ अटल रहेका कयौं जंगेपिलर बाढीले क्षतबिक्षत बनायो । बाढीलाई प्राकृतिक बिपत्तिका रुपमा हामी बुझ्छौं, सोहि अनुरुप बर्षायाम सकिएपछि उक्त सीमास्तम्भको निर्माण तथा मर्मतसम्भार होला भन्ने कतिपयले आँकलन…