दैलेख, ११ असार । दैलेखमा आत्महत्या गरेका एक युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ११ गते भारतको अहमदाबादबाट आई दुल्लु नगरपालिकामा रहेको पञ्चकोशी मावि गमौडीस्थित क्वारेन्टिनमा बसेका थिए । बसेको १४ दिनपछि आरडिटी नेगेटिभ आएपछि…