कपिलवस्तु, १८ बैशाख विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सामाजिक विकासका प्रमुख सूचकहरू सुधारतर्फ लक्षित कार्यक्रमहरू अघि बढाएको छ। बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य सहित गाउँपालिकाले आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ।गाउँपालिकाले वि.सं. २०८४ साल बैशाख भित्र बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य राख्दै पूर्वाधार, नीति निर्माण र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। यसअन्तर्गत…