काठमाण्डौ, २१ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय अन्तिम टुङ्गोमा पुगेको दाबी गर्नुभएको छ । आज कैलालीको धनगढी पुग्नुभएका प्रचण्डले पत्रकारसँगको कुराकानीमा कांग्रेस ८० र माओवादी ६० को वरिपरि सहमत हुने समेत बताउनुभयो । उहाँले भन्नुभयो,‘कांग्रेसको दाबी सय सिटमा भए पनि ८० वरपर र माओवादी ६० वरपर हुने…