काठमाण्डौ, १४ पुष । आज बुधवार देशभर मौसम बदली भइ धेरैजसो ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा हिजो मङ्गलवार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न ठाउँमा हिमपातले जनजीवन…