प्रदेश

बर्दियाको ठाकुरबाबा र तनहुँको व्यास नगरपालिकाबीच मितेरी साइनो ।



बर्दिया, १४ पुष । लुम्बिनी प्रदेश, बर्दियाको ठाकुरबाबा नगरपालिका र गण्डकी प्रदेश, तनहुँको व्यास नगरपालिकाबीच मितेरी साइनो सम्बन्धी सम्झौता भएको छ ।

व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुगेका बेलामा ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनोसम्बन्धी सम्झौता भएको हो । भुरिगाउँमा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

आर्थिक समृद्धिका लागि सँगसँगै भन्ने नारासहित मितेरी सम्बन्ध स्थापना गरिएको हो । यो सम्झौता कम्तीमा ५ वर्षसम्म कायम रहने र सम्झौता अवधि सकिएपछि पनि दुवै पक्षबीचको सम्बन्ध कुनै पक्षले अन्त्य नगरेसम्म कायम रहने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि, शिक्षा, स्वास्थ्य, सरसफाई, पर्यटन प्रवर्द्धन तथा आयआर्जन र विकास निर्माणमा तराई तथा पहाडका पालिकाले गरेका राम्रा कामको सिको गर्दै अघि बढ्ने उद्देश्य सहित मितेरी साइनो गाँसिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६