प्रदेश

माओवादी केन्द्रको महाधिवेशनमा प्रचण्डको प्रतिवेदनमाथि टोली नेताहरूले निष्कर्ष राख्ने क्रम चल्दै



काठमाण्डौ, १४ पुष । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को प्रस्तावमाथि विभिन्न समूहका टोली नेताहरूले निष्कर्ष सुनाउँदैछन् ।

काठमाण्डौको प्रज्ञा भवन कमलादीमा भइरहको बन्द सत्रमा विभिन्न २५ वटा समूहका टोली नेताहरूले आ–आफ्नो समूहले छलफलपछि निकालेको निष्कर्ष सुनाइरहेका छन् । अहिलेसम्म सात वटा टोली नेताहरूले निष्कर्ष सुनाएका बन्द सत्रमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

बन्द सत्र सञ्चालनका लागि तय गरिएको अध्यक्ष मण्डलले टोली नेतालाई आफ्नो समूहको धारणा राख्नका लागि १५ मिनेटको समय प्रदान गरेको केन्द्रीय प्रचार समितिले जानकारी दिएको छ ।

हिजो मङ्गलवार बिहानदेखि आज बुधवार दिउँसो १२ बजेसम्म २५ वटा समूहलाई छलफलको समय छुट्याइएको थियो । प्रचण्डले गएको १२ गते बन्द सत्रमा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक राजनीतिक प्रतिवेशन पेस गर्नुभएको थियो ।

प्रचण्डको प्रतिवेदनमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेस गर्नुभएको छ । सुझावसहित प्रचण्डको प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६