प्रदेश

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि दिउँसो १२ बजेसम्म छलफल, आजै निष्कर्ष सुनाइने



काठमाण्डौ, १४ पुष । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल भइरहेको छ । आज दिउँसो १२ बजेसम्म प्रतिवेदनमाथि छलफल हुने गरी समय थप गरिएको छ ।

प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल गर्न २५ वटा समूह बनाइएको छ । धेरैजसो समूहले हिजो नै छलफल सकाएका छन् ।

बाँकी रहेका समूहले आज दिउँसो १२ बजेसम्म छलफल गर्ने छन् । छलफलबाट आएका सुझावलाई समेटेर समूहको समन्वयकर्ता नेताहरुले आज १२ बजेपछि महाधिवेशन भइरहेको ठाउँ प्रज्ञा भवनमा निष्कर्ष सुनाउने माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो । छलफलको निष्कर्ष सुनाउन हरेक समन्वयकर्ताले १५ मिनेटको समय पाउने छन् । दिउँसो १ बजेदेखि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । यसैबीच, प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता राम कार्कीले फरक मत राख्नु भएको छ । ‘केही पूरक, केही नवीन धारणाहरु’ शीर्षकमा नेता कार्कीले फरक प्रस्ताव राख्नुभएको हो । फरक मतमा उहाँले विभिन्न शीर्षकमा धारणा सार्वजनिक गर्नुभएको छ । अन्तर्राष्ट्रिय परिस्थिति, घरेलु परिस्थिति, आगामी कार्यभार, गणतन्त्र, सङ्घीयता, समावेशी प्रजातन्त्र, उन्नत गर्नैपर्ने वैचारिक सैद्धान्तिक प्रश्न, हाम्रो बाटो मूल बाटो, तत्काल गर्नुपर्ने काम लगायत शीर्षकमा कार्कीले धारणा सार्वजनिक गर्नुभएको छ ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६