भैरहवा, १० चैत्र । रुपन्देहीको भैरहवामा दर्ताबिनै सञ्चालनमा रहेका ट्राभल एजेन्सीहरूलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ । सिद्धार्थनगर नगरपालिका–१, बेलहियामा इजाजतपत्र विना सञ्चालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही गरिएको हो । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समिति संयोजक रामचन्द्र अर्यालले ट्राभल्स एजेन्सीहरूलाई कारवाहीस्वरुप जनही २० हजारका दरले जरिवाना जरिवाना गरिएको बताउनुभयो…