लुम्बिनी, २१ पौष । पत्रकार भरत केसी उत्कृष्ट संसदीय पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाको अवसरमा शनिबार केसीलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा लुम्बिनी बिकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले केसीलाई दोसल्ला ओढाई सम्मानपत्रसहित २५ हजार ५२५ रुपैयाँ नगद राशी प्रदान गरिएको छ ।…