कात्तिक २४, कपिलवस्तु कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादपुर सिमानाकाको पश्चिमपट्टि रहेको बगैंचामा अवैध रूपमा भित्र्याइएको २१८ बोरा भारतीय युरिया मल सशस्त्र प्रहरी र सुठौली भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको छ।विशेष सूचनाका आधारमा गरिएको गस्तीका क्रममा बेवारिसे अवस्थामा छोपेर राखिएको मल भेटिएको भन्सार कार्यालयका प्रमुख किरण बिष्टले जानकारी दिनुभयो। बरामद गरिएको मललाई नियन्त्रणमा लिएर भन्सार कार्यालयमा…