रुकुमपूर्व ११ फागुन । पाँच वर्षपहिला सुरु भएको रुकुमपूर्व जिल्ला अस्पतालमा चिकित्सक, औषधि, शय्या ९बेड० र खानेपानीको समेत चरम अभाव छ। ५० शय्याको यस अस्पतालमा न त शय्याको मात्रा पूरा भएको छ, न औषधि नै पाइन्छ।यही कारण विकट गाउँबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीहरू निजी संस्थामा जान बाध्य छन्। सरकारी अस्पतालमै सामान्य खालको औषधि…