नवलपुर २ चैत्र । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा आजदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र…