भैरहवा २५ भदौ । रुपन्देहीमा दैनिक नयाँ संक्रमण पुष्टि हुने क्रम २ साता यता घट्न सकेको छैन । निरन्तर बढ्दै गएको छ । बुधबार ४२ जना कोरोना भाइरसका संक्रमित थपिएसंगै यस्तो अवस्था आएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २४ जना पुरुष र १८ जना महिला हुन्।यो सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या १३९० पुगेको छ…